तीनदिने भारत भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री स्वदेश फर्किए, मोदीसँग किन भएन भेट ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ जेष्ठ २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्केका छन् । उनी आईतबार साँझ काठमाडौं आइपुगेका हुन् ।
उनी शुक्रबार भारत भ्रमणमा गएका थिए । शुक्रबार उनीसँग नयाँ दिल्लीमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गरेका थिए ।

शुक्रबार नै परराष्ट्रमन्त्री खनालसँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवालेले शिष्टाचार भेट गरेका थिए ।
शनिबार नयाँ दिल्लीमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच वार्ता भएको थियो ।

- Advertisement -
Ad imageAd image

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने परराष्ट्रमन्त्रीको शिष्टाचार भेटवार्ता हुन सकेन । भारतीय प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण भेटवार्ता हुन नसकेको भनाइ स्रोतको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्