नेप्सेमा सामान्य सुधार: कारोबार रकम पनि बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ जेष्ठ २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौं – साताको अन्तिम कारोबारको दिन सेयर बजार सामान्य बढेर बन्द भएको छ । यसदिन बजार ५ अंकले बढेर परिसुचक २७८२मा पुगेको छ ।

यसदिन कारोबार रकमपनि बढेको छ । हिजो ४ अर्ब ८५ करोडको कारोबार भएकामा यसदिन ६ अर्बको कारोबार भयो । कारोबारमा आएका १५१ कम्पनीको मूल्य बढ्दा १०५ कम्पनीको मूल्य घटेको छ । यस्तै १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

- Advertisement -
Ad image

कारोबार रकमका आधारमा यसदिन आँखु खोला जलविद्युत्, रिडी पावर, नेशनल हाइड्रोपावर अगाडि रहेका छन् । यसदिन कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशत,बुंगल हाइड्रोको १३.३७ प्रतिशत मूल्य बढ्यो ।

बैंकिङ ०.२७, विकास बैंक ०.१३, जलविद्युत् ०.०६, लगानी ०.५८, जीवन बीमा ०.६८, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.५४ र व्यापार समूह ०.७३ प्रतिशत बढे । अन्य ०.३०, उत्पादन तथा प्रशोधन ०.४३, होटल तथा पर्यटन ०.२४ र फाइनान्स ०.३८ प्रतिशत घटे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्