एमाले सचिवालय बैठक: बादलको नेतृत्वमा निर्वाचन समीक्षा कार्यदल गठन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० जेष्ठ २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव प्रतिवेदन पेस गर्नेगरी कार्यदल गठन गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आईतबार दिउँसो १२ बजेदेखि बसेको सचिवालय बैठक करिब १० घन्टासम्म चलेर राति अबेर सम्पन्न भएको हो ।

- Advertisement -
Ad imageAd image

बैठकमा नेताहरूले आ–आफ्ना धारणा राख्दै संगठनात्मक विषय, कार्यविभाजन तथा पार्टीको आगामी रणनीतिबारे विस्तृत छलफल गरेका थिए। छलफलपछि विभिन्न कार्यदल गठन गर्ने निर्णय समेत गरिएको छ।

उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा कार्यविभाजन, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा गहन छलफल भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्