१६ अंकले बढ्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ जेष्ठ २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – साताको कारोबारको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से १६ अंकले बढेर परिसुचक २७५८ मा पुगेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ८९ करोडको कारोबार भएकामा आज ४ अर्ब ४९ करोडको कारोबार भएको छ ।

- Advertisement -
Ad imageAd image

कारोबारमा आएका २०३ कम्पनीको मूल्य बढेको छ भने ५७ कम्पनीको मूल्य घटेको छ । यस्तै ८ कम्पनीको मूल्य स्थिर रहेको छ । यसदिन क्रेष्ट माइक्रोलाइफको सेयर सबैभन्दा धेरै १४ प्रतिशतले बढ्यो भने माविलुङ इनर्जिको ९ प्रतिशतले बढ्यो ।

आज कारोबार रकमका आधारमा आँखुखोला हाइड्रो, रिढि पावर कम्पनी अगाडि रहे ।

यसदिन व्यापार बाहेक सबै सूचक बढेका छन् । व्यापार समूह ०.४२ प्रतिशत घट्यो । जलविद्युत् समूह सबैभन्दा धेरै १.२९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.६१, विकास बैंक ०.३९, फाइनान्स ०.२८, होटल तथा पर्यटन ०.७५, लगानी ०.४३, उत्पादन तथा प्रशोधन ०.९५, माइक्रोफाइनान्स ०.१९, निर्जीवन बीमा ०.२८ तथा अन्य समूह ०.२७ प्रतिशत बढे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्