एमालेका ४ जना उपाध्यक्षले मागे अध्यक्ष ओलीको राजीनामा: बैठकमा ओली र गुरुङबीच नोकझोंक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ जेष्ठ २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – शुक्रबार बसेको नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । भोलि फेरी बस्ने गरी बैठक सकिएको हो ।

आजको बैठकमा पार्टीका ४ जना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् । उपाध्यक्षहरु बिष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्तले ओलीको राजीनामा मागेका हुन् ।

- Advertisement -
Ad imageAd image

ओलीको राजीनामा मागेपछि बैठकमा चर्काचर्की समेत भएको थियो । बैठकमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्ष ओलीप्रति आक्रोश पोखेका थिए । अध्यक्ष ओलीले पार्टी पुनर्गठन भनेर हिँड्नेहरूलाई अनुशासनको कारबाही हुने बताएपछि गुरूङले प्रतिवाद गरेका हुन् ।

झण्डै ६ घण्टा बसेको बैठकमा ५ जना उपाध्यक्षहरूले बोलेपछि आजको बैठक सकियो । अध्यक्ष ओलीले नेताहरूको कार्य विभाजनको प्रस्ताव सोमबारको बैठकमा राखेका थिए । त्यही प्रस्तावका आधारमा नेताहरूले आ–आफ्ना धारणा राखेका हुन्।

उपमहासचिव लेखराज भट्टका अनुसार बैठक शनिबार ११ः३० बजे पुन: बस्नेछ भने सचिवालयका अन्य १२ जनाले आफ्ना कुरा राख्नेछन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्