प्रतिनिधिसभा बैठक जेठ १२ गते बस्ने गरी स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ जेष्ठ २०८३, बिहीबार
1 Min Read
Aa
?????? ?????? ????????, ?? ????? : ?????? ????? ?????????????? ?????? ?????????????? ????? ????? ????? ???? ??????? ?????????? ?????? ????????? ??????? ?????? : ??????? ?????/????

काठमाडौँ – प्रतिनिधिसभा सभामुख डीपी अर्यालले जेठ १२ गते बस्ने गरी बैठक स्थगित गरेका छन् । बिहीबार विपक्षी दलहरूको नाराबाजी र विरोधबिच सभा सञ्चालन गरेका सभामुखले आगामी बैठक १२ गते मंगलबार बिहान ११ बजे तोकेका छन् ।

बिहीबार विपक्षी दलका सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहँदा सभामुख अर्यालले सरकारको तर्फबाट विधेयक प्रस्तुत गर्न समय दिएका थिए ।

- Advertisement -
Ad image

बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाखा सम्बन्धी विधेयकको प्रस्ताव प्रस्तुत गरेकी छन् ।

विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफल भइरहेदेखि संसद्मा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को खोजी गरिरहेका छन् । तर प्रधानमन्त्री बालेन संसद्मा आएका छैनन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्