मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ जेष्ठ २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान संयोजकसमेत रहेका प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा तीन दिन म्याद थप गरेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो। प्रहरीले सोमबार राति प्रसाईंलाई पक्राउ गरेको थियो।

- Advertisement -
Ad imageAd image

पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता, शिष्टचारविरुद्ध कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्नेलगायत अभिव्यक्ति दिएकाले प्रसाईंलाई नियन्त्रणमा लिइएको हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्