विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ जेष्ठ २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी वीरगञ्जबाट पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार, उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो ।

‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक रहेका प्रसाईं आफ्नो अभियानको कार्यक्रमका लागि वीरगन्ज पुगेका थिए । कार्यक्रम भोलिलाई तय छ ।

- Advertisement -
Ad imageAd image

यसअघि पनि उनले पटक पटक पर्सामा कार्यक्रम गर्न खोजेका थिए । तर प्रहरी प्रशासनले उनलाई पक्राउ गरेर कार्यक्रम रोक्दै आएको छ । उनले कार्यक्रम गर्न अनुमति पनि पाएका छैनन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्