आज नेपाल र स्कटल्याण्ड आमने सामने: बदला लिन सफल होला नेपाल ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ जेष्ठ २०८३, सोमबार
2 Min Read
Aa

काठमाडाैं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा आज सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्डविरुद्ध खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको नेपाली टोली दोस्रो खेलमा जित निकाल्ने दाउमा छ।

जारी लिग–२ मा नेपाल र अमेरिकालाई डीएल मेथडमा समान २ रनले हराएको स्कटल्यान्ड तेस्रो जितको खोजीमा छ। स्कटल्यान्ड घरेलु मैदानमा नेपाललाई हराउँदै लगातार दोस्रो जित निकाल्न चाहन्छ। शनिबार अमेरिकामाथि ९ विकेटको फराकिलो जित निकालेको नेपाली टोली सोही लयलाई कायम राख्न चाहन्छ।

- Advertisement -
Ad imageAd image

नेपाली टोली आजको खेलमा स्कटल्यान्डलाई हराउँदै पहिलो खेलमा भोगेको हारको बदला लिन चाहन्छ। नेपालका लागि आजको खेल अंक तालिका सुधारका लागि पनि निकै महत्त्वपूर्ण छ। लिग–२ का बाँकी २ खेलमा जित निकाल्दै नेपाली टोली शीर्ष ६ मा रहेर एक दिवसीय वरीयता जोगाउने योजनामा छ।

घरेलु मैदानमा भएको लिग–२ का तीन खेलमा बेन्चमा रहेका ओपनर कुशल भुर्तेलले अमेरिकाविरुद्ध शतकीय पारी खेलेका थिए। इशान पाण्डेको प्रदर्शन पनि सन्तोषजनक नै रह्यो।

जारी सिरिजको पहिलो खेलमा बेन्चमा रहेका ओपनर तथा विकेटकिपर आशिफ शेखले अमेरिकाविरुद्ध अर्धशतक पूरा गरे। त्यसैले आजको खेलमा मुख्य प्रशिक्षक स्टुआर्ट लले अमेरिकाविरुद्ध खेलेको प्लेइङ ११ लाई नै निरन्तरता दिन सक्नेछन्। टोलीको रणनीतिलाई बदल्न उनले खेलाडी परिवर्तन गरेको अवस्थामा सोमपाल कामीको स्थानमा करण केसी आउन सक्नेछन्।

आईसीसी विश्वकप लिग–२ को अंक तालिका सुधारका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिज महत्त्वपूर्ण छ। जारी सिरिजमा २ अंक गुमाएर २ अंक जोडेको नेपाली टोलीको अबको लक्ष्य चार अंक जोड्नु हो। नेपालले अब स्कटल्यान्ड र अमेरिकाविरुद्ध खेल्ने तालिका छ।

लिग–२ का ३६ मध्य २६ खेल खेलेको नेपाली टोली २० अंकमा तालिकाको सातौँ स्थानमा छ। ९ खेलमा जित, १५ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपालले २० अंक बनाएको छ।

लिग–२ मा सबैभन्दा बढी ३० खेल खेलेको स्कटल्यान्ड ३८ अंकमा तालिकाको शीर्ष स्थानमा छ। २६ खेल खेलेको अमेरिका १८ खेलमा जित र ८ खेलमा हार भोग्दै ३६ अंकमा तालिकाको शीर्ष स्थानमा छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्