सीसँगको भेटपछि ट्रम्पको दाबी- चीनले इरानलाई हतियार नदिने र हर्मुज खोल्न सहयोग गर्ने बताएको छ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ जेष्ठ २०८३, शुक्रबार
1 Min Read
Aa
China's President Xi Jinping (R) and US President Donald Trump visit the Temple of Heaven in Beijing on May 14, 2026. Xi warned Trump that the issue of Taiwan could push their two countries into "conflict" if mishandled, a stark opening salvo as a superpower summit set to tackle numerous thorny issues began in Beijing on May 14. (Photo by Brendan SMIALOWSKI / POOL / AFP)

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङले स्ट्रेट अफ हर्मुज खोल्न अमेरिकालाई सहयोग गर्ने बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।

भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले अमेरिका र इजरायलविरुद्धको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।

- Advertisement -
Ad imageAd image

बेइजिङमा दुई नेताबीच भएको भेटपछि फक्स न्यूजको ‘ह्यानिटी’ कार्यक्रममा बोल्दै ट्रम्पले भने, ‘उहाँले चीनले यो (अमेरिका इरानबीचको) युद्धमा इरानलाई सैन्य उपकरण दिने छैन ।’

ट्रम्पले थपे, ‘उहाँले स्ट्रेट अफ हर्मुज खुला भएको हेर्न चाहनुहुन्छ । उहाँले भन्नुभएको छ ‘यदि म कुनै पनि मद्दत गर्न सम्भव भए मद्दत गर्न तयार छु ।’

तीन दिने भ्रमणका लागि बुधबार बेइजिङ पुगेका ट्रम्प आज अमेरिका फर्किँदै छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्