नेप्सेमा सामान्य अंकको सुधार: कारोबार रकम २ अर्बमा खुम्चियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ बैशाख २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । यसदिन नेप्से ६.९४ अंकले बढेर परिसुचक २७१८ मा पुगेको छ । आज कारोबार रकम घटेको छ । हिजो ३ अर्ब १९ करोडको कारोबार भएकोमा आज २ अर्ब ९३ करोडको कारोबार भयो ।

कारोबारमा आएका १५५ कम्पनीको भाउ बढेको छ भने १०२ कम्पनीको घटेको छ । यस्तै १२ कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबार रकमका आधारमा यसदिन एनआरएन इन्फ्राइन्सटक्चर, नेशनल हाइड्रो पावर अगाडि रहे ।

- Advertisement -
Ad image

आज स्वावलम्बन लघुवित्तको सेर मूल्य सर्वाधिक १२ प्रतिशतले बढ्यो भने फर्वार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयर सवैभन्दा धेरै १३ प्रतिशतले घट्यो ।

यसदिन बैंकिङ, विकास बैंक , होटल एण्ड टुरिजम, हाइड्रोपावर, लाइफ इन्सोरेन्स, माइक्रोफाइनान्स, र अन्य र व्यापार सुचक बढे भने , फाइनान्स इनभेस्टमेन्ट, उत्पादन–प्रशोधन र म्युचल फण्ट, नन लाइफ इन्सुरेन्स सूचक घटेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्