धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सिफारिस समितिबाट भट्टले दिए राजीनामा,कारण के हाे ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ बैशाख २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति सिफारिस समितिको संयोजकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन् ।

भट्टका नातेदारहरूको पनि बोर्ड अध्यक्षका लागि आवेदन परेपछि स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै राजीनामा दिएका हुन् ।

- Advertisement -
Ad imageAd image

सरकारले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोग उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

समितिले आवेदन लिनेसम्मको काम गरेको छ । बाँकी प्रक्रिया पूरा गरी अध्यक्षकाे उम्मेदवार छनोट सिफारिस गर्ने कामका लागि अर्को व्यक्तिलाई संयोजक नियुक्त गर्ने छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्