प्रधानमन्त्री शाहसँगको भेट अनिश्चित भएपछि भारतीय विदेश सचिवले गरे नेपाल भ्रमण स्थगित !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ बैशाख २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको छ। प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो दिन वैशाखको अन्तिममा नेपाल आउन लागेका मिश्रीको भ्रमण तत्कालका लागि स्थगित भएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणापत्र बोकेर नेपाल आउन लागेका विदेश सचिव मिश्रीको प्रधानमन्त्री शाहलाई भेट्ने समय तय नभएका कारण भ्रमण स्थगित भएको भारतीय स्रोतले जानकारी दिएको छ।

- Advertisement -
Ad image

भारतीय विदेश सचिवको भ्रमण कहिले तय हुने भन्नेबारे दुवै पक्षले केही खुलाएका छैनन्। यसअघि भारतीय कूटनीतिज्ञहरूले नेपालमा प्रधानमन्त्री तथा राष्ट्रपति तहका पदाधिकारीहरूसँग सहजै भेट्ने गरे पनि प्रधानमन्त्री शाहले अहिलेसम्म कुनै पनि विदेशी कूटनीतिज्ञलाई एक्लाएक्लै भेटेका छैनन्।

यसअघि नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपूरले पनि प्रधानमन्त्री शाहसँग पटक–पटकको प्रयासका बाबजुद भेट पाएनन्।

त्यसैगरी हाल नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले पनि शाहसँग भेट्ने समय पाएनन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्