१८ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ बैशाख २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – मंगलबार पनि सेयर बजारमा करेक्सन आएको छ । यसदिन नेप्से १८ अंकले घटेर परिसुचक २८०७ अंकमा झरेको छ । यसदिन कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७७ करोडको भयो ।

कारोबारमा आएका ४८ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ६ को स्थिर रह्यो । कारोबार रकमका आधारमा यसदिन सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र एसवाई प्यानल अगाडि रहे ।

- Advertisement -
Ad image

पाल्पा सिमेन्ट, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढे भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १४ प्रतिशत बढ्यो ।

यसदिन होटल तथा पर्यटन समूह १.१६ प्रतिशत बाहेक सबै समूहका सूचक घटे । बैंकिङ ०.४५, फाइनान्स १.०९, हाइड्रोपावर १.२३, लगानी ०.६०, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.४९, निर्जीवन बीमा ०.८६, अन्य १.२७ तथा व्यापार ०.९६ प्रतिशत घटे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्