काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई रेडकर्न नोटिस जारी गरेर नेपाल झिाउने तयारी सरकारले गरेको छ ।
देउवा र पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी आरजु राणा देउवाविरुद्ध सम्पत्ती शुद्धीकरणमा आज पक्राउ पुर्जी जारी भएकाे छ। देउवा निवासबाट जेनजी आन्दाेलनका क्रममा जलेका पैसा भेटिएका थिए । जिल्ला अदालत काठमाडौंकाे पत्र अनुसार पक्राउ पुर्जी जारी गरिएको हाे । यो सँगै देउवा दम्पत्तीलाइ फरार सूचीमा राखिएको छ ।
गृह स्राेतका अनुसार रेड कर्नर नोटिस जारी गर्नकै लागि देउवा दम्पती विरुद्ध पक्राउ पुर्जी जारी गरिएकाे हाे। विदेशमा रहेका व्यक्तिलाई पक्राउ गरि नेपाल ल्याउन इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिन्छ । त्यसको पहिलो औपचारिक कदम पक्राउ पुर्जीबाट जारी सुरु हुन्छ ।
सरकारले पूर्वप्रधानमन्त्रीहरू देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका पूर्वप्रधानमन्त्री देउवा सपरिवार विदेशमा छन् ।
फागुन १३ मा देउवा उपचारका लागि भन्दै सिंगापुर गएका थिए। फगुन २१ काे चुनावमासमेत मतदान गर्न उनीहरु नेपाल आएनन् ।


प्रतिक्रिया दिनुहोस्