नेप्से आज पनि घट्यो, कारोबार रकममा पनि गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ चैत्र २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से २.६१ अंकले घटेर दुई हजार सात सय ५७.४० बिन्दुमा कायम भएको हो। यसअघि आइतबार १०५ अंकले घटेको नेप्से सोमबार ८३ अंकले वृद्धि भएको थियो।

आज कारोबार रकममा समेत गिरावट आएको छ। ३४५ कम्पनीका एक करोड ७४ लाख ६ हजार कित्ता सेयर ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँबराबरमा खरिद बिक्री भएको हो। अघिल्लो दिन पौने ११ अर्बको सेयर कारोबार भएको थियो।

- Advertisement -
Ad imageAd image

मंगलबार बैंक, होटल तथा पर्यटन, जलविद्युत र अन्य समूहको सूचक मात्रै उकालो लागेका छन्। होटल तर्था पर्यटन १.०८ प्रतिशतले वृद्धि हुँदा बाँकी समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ। घटेकामध्ये व्यापारबाहेक बाँकी समूहको गिरावट पनि एक प्रतिशतभन्दा थोरै छ। व्यापार समूह भने १.८८ प्रतिशतले गिरावट भएको छ।

घटेको बजारमा भुजुङ हाइड्रो, सुपर खुदी हाइड्रो र स्वेत गंगा हाइड्रोको सेयर मूल्इमा सकारात्मक सर्किट लागको छ। रिग्दे लाइन इनर्जि, सूर्यकुण्ड हाइड्रो र होटल फरेस्ट इनका लगानीकर्ताले पनि नौ प्रतिशतभन्दा धेरै आर्जन गरेका छन्।

सर्वाधिक गुमाउनेमा झापा इनर्जी, चिरख्वा हाइड्रो, अपर लाहोरे खोला, अभियान लघुवित्त, उपकार लघुवित्तका लगानीकर्ता छन्। यी कम्पनीको मूल्य तीन प्रतिशतभन्दा धेरैले घटेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्