हिरासतमा रहेका लेखक-ओली, सर्वोच्चबाट छुट्लान् त भोलि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ चैत्र २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि (आइतबार) सुनुवाइ हुने भएको छ ।

उक्त बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले यसअघि कारण देखाउ आदेश जारी गरेको थियो । सर्वोच्चले जारी गरेको कारण देखाउ आदेशमा विपक्षीको तर्फबाट महान्याधिवक्ताको कार्यालयले लिखित जवाफ पठाइसकेकाले आइतबार सुनुवाइका लागि पेशी राखिएको हो ।

- Advertisement -
Ad imageAd image

यदि सर्वोच्चले बन्दीप्रत्यक्षीकरण रिट जारी गरेको खण्डमा प्रहरी हिरासतमा रहेका ओली-लेखक रिहा हुनेछन् । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते ओली-लेखकलाई पक्राउ गरेको थियो । ओली लेखकको पक्राउ गैरकानुनी दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट परेको थियो ।

बन्दीप्रत्यक्षीकरण गैरकानुनी रूपमा थुनामा राखिएको व्यक्तिलाई थुनामुक्त गराउन अदालतद्वारा जारी गरिने एक असाधारण रिट हो। कुनै व्यक्तिलाई गैरकानुनी थुनामा राखेको वा बन्दी बनाएको अवस्थामा अदालतले गैरकानुनी पाइएमा तत्काल रिहाइको आदेश दिन्छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्