केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ चैत्र २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले उनीहरूमाथि अनुसन्धानका लागि थप २ दिन म्याद थप अनुमति दिएको हो । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत् १० दिनको म्याद थप मागेको थियो ।

- Advertisement -
Ad imageAd image

बिहीबार ओली र लेखकमध्ये कसैलाई पनि अदालत भने लगिएको थिएन । दुवै जनालाई भर्चुअल उपस्थित गराइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्माले जानकारी दिए ।

गत भदौ २३ गतेको जेनजी आन्दोलनमा बल प्रयोग गरेको भन्दै जाँचबुझ आयोगले कारबाही सिफारिस गरेको थियो । त्यसैका आधारमा अहिलेको सरकारले उनीहरूलाई सरकार बनेकै भोलिपल्ट चैत १४ गते पक्राउ गरेको थियो ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन बमोजिम दुवै जनालाई ज्यान सम्बन्धी कसूरमा अनुसन्धान गर्नका लागि प्रहरीले हिरासतमा लिएको छ ।

ओलीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ भने लेखक प्रहरी हिरासतमै छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्