एमालेमा युवा सांसद सुहाङले प्रस्तावक र समर्थक नै पाएनन्, थापा दल नेता चयन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ चैत्र २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेको संसदीय दलको नेतामा माओवादी छोडेका रामबहादुर थापा चयन भएका छन् । युवा नेता इलामबाट निर्वाचित सुहाङ नेम्वाङले उम्मेदवारी दिने तयारी गरेका थिए ।

तर उनको पक्षमा समर्थक र प्रस्तावक नै नपाएपछि उनी पछि हट्न बाध्य भएका थिए । त्यसपछि थापाको उम्मेदवारी निर्विरोध हुन पुगेको हो ।

- Advertisement -
Ad image

दलको नेता चयनका लागि बुधबार (चैत १८) ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बैठक बसेको थियो । सुरुमा सुहाङ नेम्वाङले पनि दाबी प्रस्तुत गरेपछि निर्वाचन प्रक्रियामा जाने तयारी गरिएको थियो।

नेम्वाङलाई साथ दिन तयार भएका राजेन्द्र राई र अर्जुन कार्कीलाई महासचिव शंकर पाेखरेलले दबाब दिएर पछि हट्न लगाएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्