काठमाडौं – मुगुको धैनाकोट आसपास केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २:२२ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीका अनुसार ५ म्याग्निच्युडभन्दा तलका भूकम्पले क्षति हुने सम्भावना खासै हुँदैन। पश्चिम नेपालमा यस्ता सानातिना भूकम्प बारम्बार गइरहेका छन्।
यसअघि बिहीबार मात्र दार्चुलाको मुराईआसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो। यसैगरी यही चैत ९ गते बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर ४.१ र सोही दिन दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएका थिए।


प्रतिक्रिया दिनुहोस्