रवि लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० चैत्र २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा आज पनि हेर्दाहेदैमा राखिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। अब रिटमाथिको सुनुवाइ बिहिबार हुनेछ।

हिजो पनि न्यायाधीशद्वयशर्मा र मुसलमानको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।

- Advertisement -
Ad imageAd image

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र सच्याउने निर्णय लिएकी थिइन्।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र अदालती अभियन्ता युवराज पौडेल सफलले मुद्दा दायर गरेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्