काठमाडौं – दार्चुलामा आज भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ३ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, दार्चुलाको मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।


प्रतिक्रिया दिनुहोस्