नेप्सेमा उच्च अंकको गिरावट: कारोबार रकम पनि घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ फाल्गुन २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अङ्कले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६४ प्रतिशतको गिरावट हो ।

आज ३२९ कम्पनीको तीन करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर एक लाख १५ हजार ५५० पटक खरिदबिक्री हुँदा १३ अर्ब १८ करोड दुई लाख ५५ हजार १५७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

आज म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सालपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी आठ दशमलव ४७ प्रतिशतले घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्