चुनावअघिको अन्तिम कारोबार दिनमा ३८.५२ अंकले बढ्यो नेप्से, ६ अर्ब २३ करोडको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ फाल्गुन २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – प्रतिनिधिसभाको चुनाव अघि सेयर बजारले २७ सय अंक नाघेको छ । मंगलबार बजार परिसूचक नेप्से ३८.५२ अंक बढेसँगै २७१२ मा कायम भएको छ । अब बजार चुनावपछि सोमबारदेखि मात्रै खुल्नेछ ।

आज ३२९ कम्पनिका एक करोड ५१ लाख ८४ हजार ६०७ कित्ता शेयर ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

- Advertisement -
Ad image

आज सालपा विकास बैंकको शेयर ९.९९ प्रतिशतले बढेको छ भने पन्चकन्यामाई हाइड्रोको शेयर ९.८९ प्रतिशतले र रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.८२ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी शुभम पावरको शेयर २.५३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३४ करोड ६५ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २७ करोड ७४ लाख बराबरको कारोबार भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्