काठमाडौँ – नेपाल क्रिकेट संघले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। क्यानले शुक्रबार २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गर्दै २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
रोहित पौडेलको कप्तानी तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीको उपकप्तानमा टोली घोषणा गरिएको छ । यस्तै, कुशल भुर्तेल, आसिफ सेख, अर्जुन साउद, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलसन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, साहब आलम, शेर मल्ल, ईशान पाण्डे, आकाश चन्द र हेमन्त धामी छनोट भएका छन्।
लोकेश बम र सन्दीप जोरा भने प्रारम्भिक टोलीमा परेका छैनन्। प्रतियोगिता फागुन २६ देखि चैत ६ गतेसम्म नेपालमा हुनेछ।



प्रतिक्रिया दिनुहोस्