१० अंकले बढ्यो सेयर बजार: ४ अर्ब ४५ करोडको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ फाल्गुन २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – बुधबार सेयर बजार १०.३० अंक बढेको छ भने परिसूचक २६४८ अंकमा कायम भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४५ करोडको भयो ।

यसदिन १५७ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १३ को स्थिर रह्यो । कारोबार रकमका आधारमा यसदिन आँखुखोला जलविद्युत् कम्पनी, ङादी ग्रुप, एसवाई प्यानल, रिडी पावर र बन्दीपुर केबुलकार अगाडि रहे ।

- Advertisement -
Ad image

आज साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको मूल्य १० प्रतिशत बढ्यो भने विन नेपाल लघुवित्तको ९.६६, सुपरमाइ हाइड्रोपावरको ९.१८ प्रतिशत मूल्य बढ्यो ।

जीवन बीमा समूह सबैभन्दा धेरै १.७९ प्रतिशत बढ्यो । बैंकिङ ०.२२, विकास बैंक० ०.२१, होटल तथा पर्यटन ०.४७, हाइड्रोपावर ०.३९, लगानी ०.३०, उत्पादन तथा प्रशोधन ०.८३, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१९, अन्य ०.३५ प्रतिशत बढे । व्यापार ०.८९ र फाइनान्स ०.२८ प्रतिशत घटे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्