दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ फाल्गुन २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न फैसला गरेको छ । मंगलबार न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले उनलाई थुनामा राख्ने कार्य गैरकानूनी रहेको ठहर गरेको छ ।

अदालतको फैसलामा उल्लेख छ, ‘प्रसाईंलाई थुनामा राखेको कार्य कानून बमोजिम मान्न मिल्ने नदेखिई प्रसाईको संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रताको हकमा गम्भीर आघात पुगेको देखिन आएकोले रिट निवेदक प्रसाईंलाई अविलम्ब थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ ।’

- Advertisement -
Ad imageAd image

प्रहरीले फागुन ४ गते उनलाई पक्राउ गर्दा ‘जरुरी पक्राउ पुर्जी’ दिएकोमा अदालतले जरुरी पक्राउ पुर्जीमार्फत पक्राउ गर्नुपर्ने अवस्था समेत नरहेको ठहर गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्