कलैया, बारा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा जिल्ला सह-सचिव एवं संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी परित्याग गरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् । बारामा रास्वपाको सांगठनिक विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका चौधरीको बर्हिगमनलाई जिल्लाको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
गत प्रतिनिधि सभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट रास्वपाको उम्मेदवार रहेका चौधरीले ७,००० मत प्राप्त गरेका थिए । क्षेत्रमा राम्रो जनमत र युवाहरूमाझ लोकप्रियता रहेका चौधरीको प्रवेशले राष्ट्रिय एकता दललाई बारामा थप मजबुत बनाउने अपेक्षा गरिएको छ। पार्टी प्रवेश कार्यक्रममा बोल्दै चौधरीले रास्वपाको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै देशको वास्तविक एकता र विकासका लागि नयाँ यात्रा सुरु गरेको टिप्पणी गरे । उनीसँगै रास्वपाका केही स्थानीय कार्यकर्ताहरू पनि राष्ट्रिय एकता दलमा आवद्ध भएका छन्।




प्रतिक्रिया दिनुहोस्