चुनावसम्म थपियो जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ माघ २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – सरकार जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद आसन्न चुनावसम्म थपेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको समयावधि २५ दिन थप्ने निर्णय गरेसँगै आयोग अब चुनावसम्म क्रियाशील रहने भएको छ ।

सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय भएको छ ।’

- Advertisement -
Ad imageAd image

आयोगलाई भदौ २३ गतेको गोली प्रहार घटना र २४ गतेको आगजनी घटनाबारे जाँचबुझ गरी प्रतिवेदन बुझाउने कार्यादेश छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्