२६ अंकले घट्यो नेप्से: पौने १० अर्बको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ माघ २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५ अंकले घटेर दुई हजार ६७२ दशमलव ३९ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न ३२४ कम्पनीको दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर एक लाख दुई हजार २८१ पटक खरिदबिक्री हुँदा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

आजको कारोबारमा व्यापार समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । दुई सय १२ कम्पनीको शेयर मूल्य घट्दा ४२ को मात्रै बढेको छ ।

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ५ दशमलव ४० प्रतिशतले घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्