दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ माघ २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भएका छन्। प्रसाईं गत शुक्रबार दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ परेका थिए।

आज जिल्ला सरकारी वकिल काठमाडौंले आदेशअनुसार प्रसाईंलाई हाजिरी जमानीमा रिहा गरिएको हो।

- Advertisement -
Ad image

केन्द्रीय साइबर ब्यूरोले प्रसाईंलाई पक्राउ गरेको थियो। प्रसाईंले ‘पहिला हिन्दू अधिराज्य, अनिमात्रै निर्वाचन’ भन्ने अभिव्यक्ति दिँदै आएका थिए । गत माघ १९ गते चितवनमा उनले राजसंस्था स्थापना नभएसम्म निर्वाचन नहुने अभिव्यक्ति दिएका थिए।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्