प्रधानमन्त्री कार्कीद्धारा अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ माघ २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री सुशिला कार्कीले लोकप्रिय अभिनेता सुनील थापाको असामयिक निधनप्रति दुख व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले उनको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाउन पुगेको उल्लेख गर्दै दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् ।

उनले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उनका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँ मन जित्न सफल भएको उल्लेख गर्दै उनका यी हरेक चरित्र हामी दर्शकको स्मृतिमा सदैव जीवित रहने उल्लेख गरेकी छन् ।

- Advertisement -
Ad imageAd image

चार दशकभन्दा बढी समयको उनको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहने प्रधानमन्त्री कार्कीले बताएकी छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्