बारा ४ मा राष्ट्रिय एकता दलप्रति जनलहर बढ्दो, प्रसौनी–५ मा प्रचार–प्रसार समिति गठन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ माघ २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – बारा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय एकता दलप्रति जनसमर्थन दिनप्रतिदिन बढ्दै गएको छ। हिन्दू राष्ट्रको पुनःस्थापनाको एजेन्डासहित राष्ट्रिय एकता दलबाट उम्मेदवारी दिएका नेता विनय यादवप्रति स्थानीय जनताको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको देखिन्छ।

यसैक्रममा प्रसौनी गाउँपालिका वडा नम्बर ५ मा राष्ट्रिय एकता दलको प्रचार–प्रसार समिति गठन गरिएको छ। स्थानीय अगुवा, युवाहरू तथा सर्वसाधारणको उपस्थितिमा सम्पन्न कार्यक्रममा विनय यादवले हिन्दू राष्ट्र, राष्ट्रिय एकता र सांस्कृतिक पहिचानको संरक्षणका विषयमा आफ्ना धारणा राखेका थिए।

- Advertisement -
Ad imageAd image

कार्यक्रममा सहभागीहरूले राष्ट्रिय एकता दलको नीति, सिद्धान्त र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा तुलसी चिन्हमा मतदान गरी विनय यादवलाई विजयी गराउने प्रतिबद्धता जनाएका थिए। प्रचार–प्रसार समिति गठनसँगै वडामा घरदैलो अभियान, जनसम्पर्क तथा संगठन विस्तारलाई तीव्रता दिने निर्णयसमेत गरिएको छ।

स्थानीय स्तरमा बढ्दो समर्थन र संगठन विस्तारले बारा ४ मा राष्ट्रिय एकता दलको चुनावी अभियान थप सशक्त बन्दै गएको देखिन्छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्