१७ अंकले घट्यो नेप्से: १४ अर्ब ५६ करोडको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ माघ २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको कारोबारको अन्तिम दिन सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १७ अंकले घटेर परिसुचक २७१४ मा झरेको छ ।यसदिन कारोबार रकम भने बढेको छ । हिजो ११ अर्बको कारोबार भएकोमा यसदिन १४ अर्ब ५६ करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । यस्तै ५ कम्पनीको स्थिर रहेको छ । कारोबार रकमका आधारमा यसदिन ङादी ग्रुप पावर, एसवाई प्यानल, युनाइटेड मोदि हाइड्रो, युनियन हाइड्र्रो, राधि विद्युत अगाडि रहे ।

- Advertisement -
Ad image

आज हिमालय दोलखा र शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यसदिन बैंकिङ ६.५७, विकास बैंक १३१.८१, वित्त ४५.८३, होटल ९८.९४, जीवन बीमा ८४.०८, उत्पादनमूलक २००.७१, लघुवित्त ३०.२७, निर्जीवन बीमा ७६.८३, अन्य २७.४० र व्यापार ६.७१ अंक घटेका छन् ।

तर जलविद्युत् १३.७७, लगानी ०.०५, सामूहिक लगानी कोष ०.०७ अंकले बढे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्