३१ अंकले बढ्यो नेप्से: ८ अर्ब बढीको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ माघ २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको पहिलो सेयर कारोबारको दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.१२ अंकले बढेको छ । ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६७२.५५ बिन्दुमा पुगेको हो ।

आज नेप्से बढ्दा २२४ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने ३१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

- Advertisement -
Ad image

आज सागर डिस्ट्रीलरीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने थ्री स्टार हाइड्रोको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्से बढेसँगै सबै समूहको सबै सूचक हरियाली बनेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्