सुशीला सरकार विस्थापित गर्न विप्लव र मिराज एक ठाउँमा उभिए !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ माघ २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच सहमति भएको छ । संयुक्त जेनजी आन्दोलनको तर्फबाट संयोजक मिराज ढुंगाना र नेकपा (माओवादी) का महासचिव विप्लव सीले हस्ताक्षर गरेका हुन् ।

सहमतिको पहिलो बुँदामा सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनको लागि संघर्ष गर्ने कुरा उल्लेख गरिएको छ । यस्तै, जेनजी विद्रोहका मागहरु पूरा गर्न संघर्ष गर्ने कुरा दोस्रो बुँदामा उल्लेख गरिएको छ ।

- Advertisement -
Ad image

आन्दोलन र जनताको चाहनाबमोजिम संविधानको संशोधन, स्थिर सरकार, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनःसंरचनाका लागि संघर्ष कुरा पनि सहमतिमा समावेश गरिएको छ ।

No description available.

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्