झिनो अंकले नेप्से बढ्दा कारोबार रकममा भने गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ पुष २०८२, बिहीबार
1 Min Read
Aa

काठमाठौं – साताको अन्तिम सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अंकले बढेको छ । ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६४०.५४ बिन्दुमा पुगेको हो ।

आज नेप्से झिनो अंकले बढ्दा कारोबार भएकामध्ये १२९ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ११५ वटा कम्पनीको सेयर मूल्य भने घट्न पुगेको छ । तर, आज १५ वटा कम्पनीको भने सेयर मूल्य स्थिर रह्यो ।

- Advertisement -
Ad imageAd image

आज नेप्सेमा कारोबार हुँदा सानभी इनर्जीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सुपर मादी हाइड्रोको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

आज नेप्से झिनो अंकले बढेसँगै वित्त, लगानी, लघुवित्त, म्युचुअल फन्ड, अन्य र व्यापार समूह बाहेक सबै समूहको उपसूचक सकारात्मक रह्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्