एमाले अध्यक्ष ओलीसँग राप्रपा अध्यक्ष लिङ्देनको भेटवार्ता: के-के विषयमा भयो छफल ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ पुष २०८२, बुधबार
0 Min Read
Aa

काठमाडौं – राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । ओलीलाई भेट्न लिङ्देन आज भक्तपुरस्थित् ओलीको निवास गुण्डुमा पुगेका थिए ।

भेटमा पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको अध्यक्ष ओलीलाई निम्तो दिने सन्दर्भ भएपनि दुई पार्टीका अध्यक्षबीच समसामयिक राजनीतिक परिस्थितिबारे संवाद भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । लिङ्देनले आजै कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्