९.९३ अंकले नेप्से बढ्दा कारोबार रकम ७ अर्बमाथि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ पुष २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९३ अंकले बढेको छ । ७ अर्ब १२ करोड २३ लाख ३६ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से बढेर २६४९.३० बिन्दुमा पुगेको हो ।

आज नेप्से बढेसँगै कारोबार भएका १४८ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १०३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

- Advertisement -
Ad imageAd image

आज जीवन विकास लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने रुरु जलविद्युत् कम्पनीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्से बढेसँगै होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक सकारात्मक बन्न पुगेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्