२८ अंकले बढ्यो नेप्से: ६ कम्पनीको मूल्यमा ‘पोजेटिभ सर्किट’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ पुष २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.७३ अंकले बढेको छ । आज ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६३९.३७ बिन्दुमा पुगेको हो ।

आज नेप्से बढेसँगै २१४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । यसदिन ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार, रुरु हाइड्रोपावर र बाराही हाइड्रोपावर १० प्रतिशतले बढ्यो भने दरामखोला हाइड्रोपावरको ९.५४ प्रतिशतले बढ्यो ।

- Advertisement -
Ad imageAd image

आज सागर डिस्ट्रिलरीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने १०.३० स्टान्डर्ड चाटर्ड बैंक लिमिटेड डिबेञ्चरको बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्से बढेसँगै सबै समूहको उपसूचक भने सकारात्मक बन्न पुगेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्