हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – लामो समयदेखि भ्रष्टाचार, कुशासन र राष्ट्रिय हितका मुद्दामा सक्रिय रूपमा संघर्ष गर्दै आएका हिन्दुवादी नेता विनय यादव आगामी प्रतिनिधि सभा निर्वाचनमा बारा–४ बाट उम्मेदवारी दिने भएका छन्।

राष्ट्रिय एकता अभियानका केन्द्रीय अभियन्ता समेत रहेका यादवको नेतृत्वमा गठित राष्ट्रिय एकता दल को बारा जिल्ला कमिटीले उनलाई बारा–४ बाट एकल उम्मेदवारका रूपमा औपचारिक सिफारिस गरेको छ। आफ्नो गृह क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका यादवले जनताको पक्षमा वैकल्पिक, राष्ट्रवादी र मूल्यआधारित राजनीतिलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

- Advertisement -
Ad imageAd image

यादव लामो समयदेखि भ्रष्टाचार, कुशासन तथा राष्ट्रिय सम्पत्तिको दुरुपयोग विरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन्। उनले नेपालमा चिनियाँ बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) का नाममा हुने अपारदर्शी सम्झौता र सम्भावित राष्ट्रिय जोखिमप्रति ध्यानाकर्षण गराउँदै विभिन्न चरणमा प्रदर्शन तथा जनजागरण अभियान सञ्चालन गर्दै आएका छन्।

त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको व्यापक भ्रष्टाचार विरुद्ध सञ्चालन भइरहेको आन्दोलनको अगुवाइ पनि विनय यादवले नै गर्दै आएका छन्। उक्त आन्दोलनमार्फत उनले भ्रष्टाचारमा संलग्न दोषीहरूमाथि निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै आएका छन्।

हिन्दू सभ्यता, राष्ट्रिय पहिचान, सामाजिक एकता र स्वाधीनताको पक्षमा स्पष्ट र दृढ धारणा राख्दै आएका यादवको उम्मेदवारीले बारा–४ को राजनीतिक समीकरणमा नयाँ बहस र उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्