रवि–बालेन एकताको सेयर बजारमा सकारात्मक प्रभाव: ४७ अंकले बढ्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ पुष २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आईतबार सेयर बजारमा हरियाली छाएको छ । यसदिन नेप्से ४७ अंकले बढेर परिसुचक २६३३ बिन्दुमा पुगेको छ । सेयर बजारमा एकाएक दोहोरो अंकको उछाल आउनुमा रवि–बालेन मिलनको सकारात्मक पक्ष हुन सक्ने आंकलन लगानिकर्ताहरुले गरेका छन् ।

यसदिन कारोबार रकम पनि बढेको छ । गत बिहीबार ३ अर्ब ४२ करोडमा समेटिएको कारोबार रकम यसदिन ५ अर्ब ५३ करोडको कारोबार भयो ।

- Advertisement -
Ad imageAd image

कारोबारमा आएका २३८ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको मूल्य घटेको छ । कारोबार रकमका आधारमा यसदिन यूनियन हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, सिनर्जी हाइड्रो अगाडि रहे ।

यसदिन मिड सोलु हाइड्रोको मूल्य १० प्रतिशतले बढ्यो भने विन नेपाल लघुबित्तको मूल्य १० प्रतिशतले घट्यो । यसदिन सबै सूचक बढेका छन् । सबैभन्दा धेरै वित्त (२.७०), विकास बैंक (२.२८), अन्य (२.५५) प्रतिशतले बढे भने अन्य सूचक १ प्रतिशतले बढेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्