नेप्सेमा सामान्य वृद्धि: ३ अर्ब २२ करोडको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ पुष २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से १.३७ अंकले बढेर २५८५.८७ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्से झिनो अंकले बढ्दा कारोबार भएका मध्ये १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै, आज १४२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आज इन्फिनिटी लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने ग्रामीण विकास लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

- Advertisement -
Ad image

आज नेप्सेमा झिनो अंकले सुधार भए पनि अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ७ वटा समूहको उपसूचक घट्यो भने ६ वटा समूहको उपसूचक बढेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्