१८ अंकले बढ्यो सेयर बजार: ३ अर्ब २९ करोडको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ पुष २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ । आज ३ अर्ब २९ करोड ४२ लाख २७ हजार बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६१९.९९ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएका मध्ये १८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

- Advertisement -
Ad imageAd image

आजको कारोबारमा स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने स्वेट गंगा हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

आज नेप्से परिसूचक बढ्दा व्यापार समूह बाहेक सबै समूहको उपसूचक सकारात्मक बनेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्