१२ अंकले घट्यो नेप्से: ४ अर्ब बढीको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेको छ । ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेर २५९४.८७ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएका मध्ये १९७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ५६ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

- Advertisement -
Ad imageAd image

आज स्वस्तिक लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सिटी होटेल लिमिटेडको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्से घट्दा बैंकिङ समूह र म्युचुअल फन्ड समूह बाहेक सबै समूहको उपसूचक घट्न पुगेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्