जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पको धक्का

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – जापानको उत्तरी तटमा शक्तिशाली भूकम्प गएको छ। सोमबार आओमोरी र होक्काइडो तटनजिकै केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्प जापानको मुख्य होन्सु टापुको उत्तरी टापु आओमोरीको पूर्वमा र होक्काइडो टापुको दक्षिणमा गएको हो, जसको केन्द्रबिन्दु समुद्र सतहभन्दा लगभग ५० किलोमिटर तल थियो।

- Advertisement -
Ad imageAd image

भूकम्पले यस क्षेत्रको तटीय क्षेत्रमा ४० सेन्टिमिटरसम्मको सुनामी आएको जापानको मौसम विज्ञान एजेन्सीले जानकारी दियो ।

जापानको सरकारी समाचार च्यानल एनएचकेका अनुसार आओमोरीको हाचिनोहे सहरको एक होटलमा धेरै व्यक्ति घाइते भएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्