एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० मंसिर २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच खेल हुँदैछ।त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे रोहितकुमार पौडेलको कप्तानीको लुम्बिनी र आरिफ शेख मार्की खेलाडी रहेको जनकपुरले बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन् ।

तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुबै टिम प्लेअफको दौडमा छन् । लुम्बिनी ६ खेल खेल्दा ६ अंकसहित तालिकाको चौथो स्थानमा छ भने ५ खेल मात्र खेलेको जनकपुरले २ अंक मात्र जोडेको छ ।

- Advertisement -
Ad imageAd image

यो खेल जितेमा लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टिम बन्नेछ । जनकपुर विजयी भएमा यो निर्णयका लागि अन्य खेल र रनरेट हेर्नुपर्ने हुन्छ ।

यसअघि नै सुदूरपश्चिम, काठमाडौं र विराटनगर प्लेअफमा प्रवेश गरिसकेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्