एनपीएलः लुम्बिनीको प्लेअफ सम्भावना कायमै, विराटनगरले गुमायो अवसर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०८२, बुधबार
2 Min Read
Aa

काठमाडौं – विराटनगर किंग्सविरुद्ध पाँच विकेटको सहज जित निकाल्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ सम्भावनालाई कायम राखेको छ । प्रतियोगितामा लुम्बिनीको यो तेस्रो जित हो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

- Advertisement -
Ad image

लुम्बिनीका लागि डि आर्की सर्टले सर्वाधिक ५७ रन बनाए भने सन्दीप जोराले २४ र दीलिप नाथले १६ रन बनाए। रोहित पौडेल शून्यमा आउट हुँदा सुमित महर्जन १० रनमा आउट भए। निरोसन डिकवेल्ले अविजित २९ रन बनाए।

विराटनगरका लागि सन्दीप लामिछाने र सुवास भण्डारीले समान दुई दुई विकेट लिए भने बसिर अहमदले एक विकेट लिए।

टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले ८ विकेट गुमाएर जम्मा १४४ रन बनाएको थियो । विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए। बसिर अहमद २८, साम हेजलेट २७, फाफ डु प्लेसिस १२, प्रतिश जिसी११, नारायण जोशी ५, सहिल पटेल ३ र जर्ज मुन्से शून्यमा आउट भए। सन्दीप लामिछाने एक बलका लागि मैदान उत्रिएका थिए। उनले अन्तिम बलमा एक छक्का हान्दै खेल समाप्त गरे भने मार्चेन्ट दे लेङे १० रनमा अविजित रहे।

यसअघि पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनीले त्यसपछिका तीन खेलमा लगातार हार बेहोरेको थियो ।

लुम्बिनीले दोस्रो खेलमा कर्णालीविरुद्ध नौ विकेटको, तेस्रो खेलमा काठमाण्डूविरुद्ध २२ रनको र चौथो खेलमा सुदूरपश्चिमविरुद्ध सात विकेटको हार बेहोरेको थियो । पाँचौँ खेलमा भने लुम्बिनीले पोखरा एभेन्जर्सविरुद्ध तीन विकेटको जित निकालेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्