एनपीएलमा साविक विजेता जनकपुरको पहिलो जित: प्लेअफको दौड रोचक मोडमा 

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ मंसिर २०८२, मंगलवार
2 Min Read
Aa

काठमाडौं – साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पाचौँ खेलमा आएर पहिलो जित दर्ता गरेको छ। मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजन पहिलो जितको स्वाद लिन पाएको हो। यो जितसँगै जनकपुरले अंक तालिकामा खाता खोलेको छ।

यससँगै प्लेअफको दौड रोचक हुने भएको छ। हालसम्म प्लेअफमा पुग्ने एक टिमको मात्र टुंगो लागेको छ । सुदूरपश्चिम रोयल्स लगातार ५ खेल जितेर प्लेअफमा पुगिसकेको छ। जनकपुरको जितपछि प्लेअफका बाँकी ३ स्थानका लागि अझै पनि ७ वटै टिम प्रतिस्पर्धामा देखिएका छन्।

- Advertisement -
Ad imageAd image

एनपीएलको पहिलो खेलमा जनकपुर काठमाडौँ गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो। दोस्रो खेलमा विराटनगर किंग्ससँग नौ रनले तथा तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको थियो। लिग चरणको चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग जनकपुरले ६ विकेटको हार व्यहोरेको थियो।

यता जनकपुरसँगको हारले चितवनलको प्लेअफ यात्रा केही कठिन भएको छ। जारी सिजन मिश्रित प्रदर्शन गरिरहेको चितवनले अब बलियो टोली सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ। चितवनलाई प्ले अफ खेल्ने सम्भावना कायम राख्न दुवै खेल जित्नुपर्नेछ।

चितवनले लिग चरणमा तीन खेलमा हार र दुई खेलमा जित निकाल्दै अंक तालिकामा चार अंक जोडेको छ। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराउँदा लुम्बिनी लायन्ससँग ६ विकेटको हार व्यहोरेको थियो। तेस्रो खेलमा विराटनगरलाई ४८ रनले हराएको चितवनले काठमाडौँसँग भने ५३ रनले पराजित भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्