साताको पहिलो कारोबार दिनमै २६ अंकले घट्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५१ अंकले घटेको छ । आज ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेको हो ।

आज नेप्से घटेसँगै २११ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ४५ वटा कम्पनीको सेयर मूल्य भने आज बढ्यो । तर, आज मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने कुनै घटबढ भएन ।

- Advertisement -
Ad imageAd image

आज भएको सेयर कारोबारमा सागर डिस्ट्रीलरीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने १० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९० को बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए ।

आज नेप्सेमा भएको गिरावटसँगै उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचकमा गिरावट आयो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्